काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३५.६५ प्रतिशतले बढेको हो ।
कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म भने कम्पनीको खुद नाफा २ करोड ४५ लाख रुपैयाँमा सीमित थियो ।
यस्तै समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्री मार्फत ८ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ४ लाख रुपैयाँ कमाएको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफामा १.९१ प्रतिशतको वृद्धि देखिएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.५९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६०.४८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७५.८५ गुणा कायम भएको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख रुपैयाँ जगेडा कोष १ अर्ब ११ करोड ९६ लाख रुपैयाँ रहेको छ।