काठमाण्डौ। निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्क डाउन भएको छ। सोमबार आज दिउँसोबाट एनसेलमा फोन नलाग्ने, मेसेज नजानेलगायतको समस्या देखिएको हो।
एनसेलले आफ्नो फेसबुक पेजमार्फत् दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आफ्ना सेवामा प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको बताएको छ।
प्राविधिक समस्याका कारण परेको असुविधाका कारण क्षमा माग्दै एनसेलले यथाशीघ्र सेवा सुचारुको काम भइरहको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।