काठमाण्डौ । कजारिया रमेशटायल्स लिमिटेडले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको किल्नलाइटअप(भट्टी प्रज्वलन) समारोह को उद्घाटन गरेका छन् । गरेका छन्।कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाको प्रमुख उपस्थिति रहेको कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको सहभागीता रहेको थियो ।
बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ र बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमाशंकर चौधरीले कार्यक्रममा सहभागी हुँदै कजारिया र मेशटायल्स लिमिटेड परिवारलाई शुभकामना तथा बधाई दिएका थिए ।
अत्याधुनिक प्रविधिले सुसज्जित कारखानाले कजारिया रमेशटायल्स लिमिटेडलाई बजारको माग अनुसार ब्यापक दायरामा उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
कजारिया रमेश टायल्स लिमिटेड, रमेशकर्प र भारतको अग्रणी टायल निर्माता कम्पनी कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उत्पादन हो।स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुने कजारिया रमेश टायल लिमिटेडले नेपाललाई टायलमा आत्मनिर्भर बनाउने महत्वाकंक्षा लिएको छ।नवलपरासीस्थित कारखानाले वार्षिक ५१ लाख वर्गमिटर टायल उत्पादन गर्ने लक्ष्य लिएको छ। कारखाना निर्माणका लागी गरिएको ४ अर्ब रुपैयाँ लगानी भएको कम्पनीले जनाएको छ ।