बिहीबार, असार २५,२०८३ 06:10:07
Bizshala
  • बिहीबार, असार २५,२०८३ 06:10:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

४६ मेगावाटको माथिल्लो बलेफीमा ४ बैंकले ७ अर्ब लगानी गर्ने

Laxmi Sunrise Bank Limited
४६ मेगावाटको माथिल्लो बलेफीमा ४ बैंकले ७ अर्ब लगानी गर्ने

काठमाण्डौ। सिन्धुपाल्चोकमा रहेको बलेफी नदीमा बन्न लागेको ४६ मेगावाट क्षमताको माथिल्लो बलेफी जलविद्युत् आयोजनामा ४ बैंकले लगानी गर्ने लगानी सम्झौता गरेको छ। ४६ मेगावाट क्षमताको नदी प्रवाही माथिल्लो बलेफी जलविद्युत्मा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा कृषि विकास, नेपाल एसबीआई  तथा माछापुच्छ्रे बैंकले लगानी गर्ने जनाएका हुन्।

New Office
CG Motors
Garima Development Bank

सम्झौतामा लक्ष्मी सनराइज बैंकका मनिषराज कुँवर, कृषि विकास बैंकका सुदिपकुमार दाहाल, नेपाल एसबीआई बैंकका प्रविन भट्टराई माछापुच्छ्रे बैंकका विनितचन्द्र झा र माथिल्लो बलेफी जलविद्युत्का निर्देशक सञ्जयकुमार साहले हस्ताक्षर गरे।

९ अर्ब ४३ करोड कुल लागत रहेको आयोजनामा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमार्फत सहभागी बैंकहरूले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छन्। आयोजनाको बाँकी २५ प्रतिशत रकम  कम्पनीका प्रर्वदक र संस्थापकहरूको लगानी रहने छ।

आयोजनामा लक्ष्मी बैंकले चार अर्ब सात करोड, कृषि विकास बैंकको एक अर्ब पाँच करोड, नेपाल एसबीआई बैंकको एक अर्ब तथा माछापुच्छ्रे बैंकको ५० करोड लगानी रहेको कम्पनीले जनाएको छ।

माथिल्लो बलेफीले ०७८ साल साउन ३२ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिएको थियो। आयोजनाको ०८० मंसिर ५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको बताइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.