काठमाण्डौ। वीर अस्पतालमा विद्युत् अवरुद्ध भएको छ। बिहान करिब १०–११ बजेदेखि ट्रान्समिटर पड्केर विद्युत् अवरुद्ध भएको हो। दिनभर विद्युत् नहुँदा उपचार सेवा प्रभावित भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार दिनभरि जेनरेटरको प्रयोग गरिएकाले हाल १ घण्टामा १५ देखि २० पटक विद्युत् अवरोध भइरहेको छ। बिहानदेखि विद्युतीय उपकरण प्रयोग गरेर गरिने अधिकांश उपचार तथा चेकजाँच अवरुद्ध भएको छ।