शुक्रबार, असार २६,२०८३ 10:13:44
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 10:13:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आणविक बम हमलाबाट जोगिन सफल जापानको संगठनलाई नोबेल शान्ति पुरस्कार

Laxmi Sunrise Bank Limited
आणविक बम हमलाबाट जोगिन सफल जापानको संगठनलाई नोबेल शान्ति पुरस्कार

काठमाण्डो । आणविक हतियार मुक्त विश्व बनाउने प्रयास स्वरुप जापानको आणविक बम आक्रमणबाट जोगिन सफल संगठन निहोन हिडान्क्योले नोबेल शान्ति पुरस्कार जितेको छ ।  

हिरोसिमा र नागासाकी पारमाणविक बम हमलाबाट बाँचेकाहरूले गरेको तल्लो तहको अभियान जसलाई हिबाकुशा पनि भनिन्छ) का कारण निहोन हिडान्क्योलाई यो वर्षको नाबेल शान्ति पुरस्कार प्रदान गरिएको हो ।  

नर्वेली नोबेल समितिले आणविक हतियारमुक्त संसार प्राप्त गर्ने प्रयासको लागि र आणविक हतियारहरू फेरि कहिल्यै प्रयोग गर्न नहुने अभियानका लागि शान्ति पुरस्कार प्राप्त गर्ने निर्णय गरिएको जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

अवार्ड समितिले अगस्ट १९४५ को आणविक बम हमलाको प्रतिक्रियामा सन् १९५६ मा स्थापना भएको तल्लो तहको अभियानले आणविक हतियारको प्रयोगबाट हुने विनाशकारी मानवीय नतिजाहरूबारे जनचेतना जगाउन अथक प्रयास गरेको बताएको छ।

निहोन हिडान्क्यो र हिबाकुशाका अन्य प्रतिनिधिहरूको असाधारण प्रयासले आणविक निषेधको स्थापनामा ठूलो योगदान पुर्याएको छ।  

नर्वेजियन नोबेल इन्स्टिच्युटले यस वर्षको पुरस्कारका लागि २८६ जना उम्मेदवार दर्ता भएको जसमा १९७ व्यक्ति र ८९ संस्था रहेको बताएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नोबेल पुरस्कारका विजेताहरूले सामान्यतया १.०६ मिलियन डलर प्राप्त गर्नेछन् ।  

इरानी मानवअधिकार कार्यकर्ता नरगेस मोहम्मदीले ूइरानमा महिला उत्पीडन विरुद्धको लडाई र सबैका लागि मानव अधिकार र स्वतन्त्रताको प्रवर्द्धन गर्नको लागि सन् २०२३ का लागि नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.