बुधबार, माघ ९,२०८१ 06:37:58
IME remit
  • बुधबार, माघ ९,२०८१ 06:37:58
IME remit
Global IME Bank Limited

यी ६ किताबमा छ सेयरबाट मालामाल बन्ने राज, तपाईले पढ्नु भो ?

Hyundai Nepal
यी ६ किताबमा छ सेयरबाट मालामाल बन्ने राज, तपाईले पढ्नु भो ?
Nabil Bank Limited

काठमाण्डौ । विश्वको जोकोही व्यक्ति धन्न बन्न चाहन्छ । तर, सही जानकारी र सटिक रणनीतिको अभावमा सबै व्यक्तिको धनी बन्ने सपना पूरा हुँदैन । तर, एक व्यक्ति यस्ता पनि छन् जो  लगानीकोे बादशाहको रुपमा परिचित छन् । विश्वले यिनको रणनीतिलाई अचूक औषधि ठान्छ । तर, के तपाईंलाई थाहा छ कि वारेन बाफे कस्ता किताब पढेर लगानीको मन्त्र सिक्छन् होला ? वारेन बफेटले कस्ता–कस्ता किताब पढेर लगानी गर्न सिकेका थिए वा उनलाई मन पर्ने पुस्तक कुन कुन हुन भन्ने महत्वपूर्ण जानकारी विदेशी मिडिया रिपोर्टका आधारमा दिन गइरहेका छौ । उनको यो जानकारीबाट तपाईंले पनि काफी फाइदा उठाउन सक्नुहुनेछ ।

द इन्टेलिजेन्ट इन्भेस्टर

बेञ्जामिन ग्राहमले लेखेको किताब ‘द इन्टेलिजेन्ट इन्भेस्टर’लाई वारेन बफे आफ्नो करिअरका लागि पथ प्रदर्शक ठान्छन् । बफेटका अनुसार यदि तपाईंले लगानीबाट कमाउन चाहनुहुन्छ भने निकै धेरै अध्ययनशील हुन आवश्यक हुन्छ । एक अन्तर्वार्ताको क्रममा बफेले भनेका थिए कि उनी एकदिनमा कसमेकम ५ सय पृष्ठ पढ्छन । बफेटका  अनुसार  बेञ्जामिन ग्राहमको यो किताब पढेपछि उनले लगानीका कयौं मन्त्रहरु सिके, यसको सोझो फाइदा उनको पोर्टफोलियोलाई भयो ।

कमन स्टक्स एण्ड अनकमन प्रोफिट्स

फिलिप ए फिशरले लेखेको किताब ‘कमन स्टक्स एण्ड अनकमन प्रोफिट्स’ बफेको दोश्रो मनपर्ने किताब हो । बफेटका अनुसार लगानीको क्षेत्रमा यहाँसम्म आउनका लागि यही किताबले मुख्य भूमिका निर्वाह गरेको छ । फिशरले यो किताबमा लेखेका छन् कि सेयर छनौट गर्ने र त्यसलाई खरीद गर्दा तपाईंले के के कुरामा ध्यान पुर्याउनुपर्छ । यो किताबमा सेयरको विशेषता र लगानी गर्दा ध्यान दिनुपर्ने साना–साना कुराहरुमाथि पनि विश्लेषण गरिएको छ । यो किताबमा स्पष्ट भनिएको छ कि तपाईंले त्यस्तो कम्पनीको सेयर छान्नुपर्छ, जसको आम्दानी, लाभांश, बुकभ्यालू र पूँजी पर्याप्तता निकै मजबुत होस् ।

Bizshala
CG Motors
Sagarmatha Cement

इजी इन पस्र्वैसन

वारेन बफेट सेयर बजारसँग सम्बन्धित किताब मात्र पढ्छन भनेर सोच्नु गलत हो । जोन मेनार्डले लेखेको किताब ‘इजी इन पस्र्वैसन’ पनि वारेन बाफेको मनपर्ने किताब हो । यो किताबमा रुस र जर्मनको अर्थव्यवस्थाको बिषयमा चर्चा गरिएको छ । यो किताबमा भनिएको छ कि सन् १९१९ देखि १९३१ को अवधिमा यी दुई देशले कसरी मुद्रास्फिति नियन्त्रणमा सफल रणनीति अपनाए । बफेले यो किताबलाई एक उदाहरण मानेर  आफ्नो जीवनका कठिनाईहरुलाई अवसरमा बदल्ने सीप प्रयोगमा ल्याए र सफल भए ।

क्ल्यास अफ कल्चर्स

जोन बोगलेले लेखेको किताब ‘क्ल्यास अफ कल्चर्स’ पनि बफेटलाई मन पर्ने किताबमध्येको एक हो । बफेटले यो किताबबाट यति धेरै कुरा सिके कि, सन् २०१२ मा आफ्नो कम्पनीको वार्षिक साधारणसभामा सेयरहोल्डरहरुलाई समेत यो किताब पढ्न सल्लाह दिए । बफेले आफ्नो सेयरहोल्डर पत्रमा यो किताबलाई उल्लेख गर्दै लेखे कि लगानीको क्षेत्रमा कसरी कल्चरको पनि आफ्नो योगदान महत्वपूर्ण हुन्छ ।

Muktinath Bikas Bank Limited

स्ट्रेस टेस्टः रिफ्लेक्सन अन फाइनान्सियल क्राइसिस

यो किताबलाई अमेरिकी ट्रेजरी विभागका पूर्व सचिव टिम गिथनरले लेखेका हुन् । बफेटका अनुसार यो किताब पढेपछि उनलाई फाइनान्सियल स्ट्रेसबाट कसरी पार पाउने भन्ने महत्वपूर्ण ज्ञान प्राप्त भयो । कसरी तपाईंको फाइनान्सियल क्राइसिसले तपाईंको स्ट्रेस लेभललाई प्रतिबिम्बित गर्छ, यो किताबमा यस्तै अनौठा विश्लेषणहरु समेटिएका छन् । यो किताबमा यस्तो समस्या कसरी टार्ने भन्ने बिषयमा पनि अजब–गजबका आइडियाहरु दिइएको छ ।

विजिनेश एडभेनचर्स

वारेन बफेटको लगानी रणनीतिलाई विश्वले नै अचूक सूत्र मान्ने गर्छ । अझ उनको सेयर बजारमा लगानीको टिप्सका लागि त विश्वभरिकै सेयर लगानीकर्ता प्यासी छन् । कुनै समय  विश्वकै धनी बिल गेट्सले वारेन बफेटलाई सोधे–‘विजिनेशमा आधारित भएर लेखिएको कुनै राम्रो किताबको नाम भनिदिनुहोस् ।’ त्यसपछि बफे९ट०ले गेट्सलाई ‘विजिनेश एडभेचर्स’को नाम भनिदिए । यो किताबमा अमेरिकी सेयर मार्केट वाल स्ट्रीटको  १२ वटा अलग–अलग कथा समेटिएका छन्, जहाँ यो दर्शाइएको छ कि मानिस कसरी आफ्नो अवस्थालाई आफू अनुकुल ढाल्न सक्छ । बफेटले भनेकै कारण जब बिल गेट्सले यो किताब पढे, तब उनले भनेका थिए कि यो नै उनको जीवनको त्यसबेलासम्मको सबैभन्दा उत्तम किताब हो ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.