४४ मेगावाटको अपर आँखुखोला आयोजनामा आँखुखोला जलविद्युत् कम्पनीको ५ करोड लगानी गर्ने निर्णय
काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले ४४ मेगावाट क्षमताको अपर आँखुखोला जलविद्युत् आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई पठाएको पत्रअनुसार असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। आयोजना धादिङ आँखुखोला हाइड्रो प्रालिले प्रवर्द्धन गर्न लागेको छ।

