एप्पलको पहिलो इलेक्ट्रिक कार सन् २०२८ मा आउँदै, टेस्लाको जस्तै अटोमेशन ड्राइभ फिचर्स हुने
काठमाण्डौ । अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो पहिलो इलेक्ट्रिक गाडी‘एप्पल ईभी’ सन् २०२८ मा लञ्च गर्ने भएको छ । यसअघि कम्पनीले एप्पल ईभीलाई सन् २०२६ मा लञ्च गर्ने जनाएको थियो । ब्लूमबर्गको रिपार्टका अनुसार अब भने कम्पनीले लञ्चिङ रणनीति बदल्दै निर्धारित समयभन्दा अगावै कार लञ्च गर्न लागेको हो ।