सेयर बजारमा ‘पम्प एन्ड डम्प’देखि कर्नरिङसम्म रोक्न अर्थ समितिको निर्देशन
काठमाण्डौ । प्रतिनिधि सभाको अर्थ समितिले सेयर बजारलाई आधुनिक प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय र लगानीमैत्री बनाउन सम्बन्धित निकायलाई आवश्यक सुधार अघि बढाउन निर्देशन दिएको छ।समितिले कम्पनीको पूँजी पर्याप्तता, प्रविधि, नेटवर्क, वास्तविक अवस्था तथा प्रतिफललगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरी आईपीओ अनुमति दिनुपर्नेमा जोड दिएको छ। संस्थापकले धारण...

