एआईका लागि कामकै भिडियो खिच्दै भारतीय श्रमिक, अतिरिक्त आम्दानीसँगै रोजगारीको चिन्ता
काठमाण्डौ । भारतका श्रमिकले आफ्नो नियमित कामको भिडियो खिचेर अतिरिक्त आम्दानी गर्न थालेका छन्। कपाल काट्ने, कपडा सिलाउनेदेखि खाना पकाउने र भाँडा माझ्नेसम्मका गतिविधिका भिडियो प्रविधि कम्पनीहरूले रोबोटलाई काम सिकाउने कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकासमा प्रयोग गरिरहेका छन्।टाउकोमा क्यामेरा लगाएर खिचिएका यस्ता भिडियो स्थानीय कम्पनीले सङ्कलन र प्रशोधन गरी प्रविधि...

