विकास हाइड्रोपावरको ४.५५ मेगावाट आयोजनाबाट विद्युत् उत्पादन पुनः सुरु
काठमाण्डौ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालन गरिरहेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन पुनः सुरु भएको छ। बाढीका कारण बन्द भएको आयोजना मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको हो।कम्पनीका अनुसार २०८३ साल असार २५ गते बिहान बूढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण आयोजनाको प्रसारण लाइनमा क्षति पुगेको थियो। उक्त...

