एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्डमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया क्यापिटलले निष्कासन गरेको ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड’खरिदका लागि आज आवेदन दिने अन्तिम दिन रहेको छ। क्यापिटलका अनुसार ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड’खरिद गर्न इच्छुकले आज साँझसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि भने थपिने छैन। आज बैंकिङ समय सकिएपछि आवेदन बन्द हुने क्यापिटलले जनाएको छ।

