गुराँस लघुवित्तले बोलायो वार्षिक साधारणसभा, ९.५ प्रतिशत बोनस सेयर प्रस्ताव
काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी कात्तिक १० गते एघारौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। संस्थाको सञ्चालक समितिको १६९औँ बैठकले गरेको निर्णयअनुसार वार्षिक साधारणसभा धनकुटामा बस्नेछ।साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा लेखापरीक्षक नियुक्तिलगायतका विषयमा छलफल तथा निर्णय...

