हर्षद मेहता घोटाला काण्डः सेयर बजारका हिरो कसरी बने भिलेन ? ४ हजार करोड भारु स्क्यामले हल्लाएको विश्व
काठमाण्डौ । सन् १९९२ मा भारतको सेयर बजारमा एउटा यस्तो घोटाला भएको थियो,जसको चर्चा आजसम्म पनि हुने गरेको छ । विश्वभर चर्चा कमाएको यो घोटालाको पछाडि एक पात्र थिए,जसको नाम थियो हर्षद मेहता । सन् १९९० को दशक भारतमा ठूला परिवर्तनहरुका साथ सुरु भएको थियो । भारतका तत्कालिन अर्थमन्त्री मनमोहन सिंह र प्रधानमन्त्री पीवी नरसिम्हा रावले त्यसबेला एउटा ठूलो निर्णय लिएका थिए ।...