पासपोर्ट छपाइ प्रकरण : जर्मन कम्पनी भेरिडोसलाई धरौटी नलिई साधारण तारेखमा राख्न आदेश
काठमाण्डौ । नेपालको पासपोर्ट छपाइसम्बन्धी ठेक्कामा जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले जर्मन कम्पनी भेरिडोसलाई धरौटी नलिई साधारण तारेखमा राख्न आदेश दिएको छ।विशेष अदालतका सदस्य नारायण पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले थुनछेक बहसपछि कम्पनीका तर्फबाट उपस्थित प्रतिनिधिलाई साधारण तारेखमा राख्ने आदेश दिएको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाइ...

