समयमै काम नसक्ने १४ ठेकेदार कम्पनीमाथि खरिद प्रतिबन्ध
काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कार्यको जिम्मा लिएर पनि निर्धारित समयभित्र काम सम्पन्न गर्न असफल भएका १४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।कार्यालयले आज सूचना प्रकाशित गर्दै विभिन्न सरकारी निकाय तथा सम्बन्धित संस्थाहरूबाट प्राप्त सिफारिस र आधिकारिक पत्राचारका आधारमा ती...

