लक्ष्मी स्टील्सको २० लाख कित्ता जगेडा सेयर बिक्रीमा
काठमाण्डौ । लक्ष्मी स्टील्स लिमिटेडले जगेडा सेयर बिक्रीमा राखेको छ । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीमा चुक्ता हुन बाँकी रहेको २० लाख कित्ता जगेडा सेयर बिक्री गर्न प्रस्ताव गरिएकोले उक्त सेयर आजदेखि बिक्रीमा राखिएको हो ।