नाफा बढे पनि लाभांशमा राष्ट्र बैंकको अंकुश, तीन लघुवित्तले मात्रै २५% लाभांश बाँड्न पाउने
काठमाण्डौ । लघुवित्त संस्थाहरुले गत आर्थिक वर्ष २०८२–८३ मा मनग्य नाफा कमाएका छन् । ५० लघुवित्त संस्थाले गत आवमा १२ अर्ब २ करोड ४३ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५३.११ प्रतिशत बढी हो । अघिल्लो आवमा लघुवित्त संस्थाहरुले ४ अर्ब ७५ करोड ६ लाख रुपैयाँ नाफा कमाएका थिए । गत आर्थिक वर्षमा सबै लघुवित्त नाफामा उक्लिएका छन् । सबैको वितरणयोग्य...

