निभ कर्पोरेशनले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । निभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ ।जेठ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार १४ गते कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।

