आईपीओ निष्कासनको तयारीमा रुपाकोट रिसोर्ट, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । कास्कीको पर्यटकीय गन्तव्य रुपाकोटमा सञ्चालित रुपाकोट रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी अगाडि बढाएको छ।कम्पनीले आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो। यससम्बन्धी द्विपक्षीय सम्झौता एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच सम्पन्न भएको छ।

