एनआईसी एशिया लघुवित्तको नाफा ८१३३% ले बढ्यो, वितरणयोग्य मुनाफा ३२.३७ करोडले ऋणात्मक
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १० करोड ६९ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८१३३.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा संस्थाले १२ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

