‘ग्रेजोन’को रिपोर्ट सेयर गरेको आरोपमा भरत दाहाल पक्राउ, पक्राउ गर्न प्रधानमन्त्री सचिवालयको दबाब रहेको प्रहरी स्रोतको दाबी
काठमाण्डौ । राजनीतिक विश्लेषक भरत दाहाललाई सामाजिक सञ्जालमार्फत अमेरिकी अनलाइन प्रकाशन ‘द ग्रेजोन’को नेपालसम्बन्धी रिपोर्ट फैलाएको तथा भ्रमपूर्ण सामग्री प्रस्तुत गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।दाहाललाई आइतबार मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित एक चियापसलबाट पक्राउ गरिएको हो। उनी राजनीतिक विमर्शसम्बन्धी कार्यक्रममा सहभागी हुन असोज २ गते मोरङ...

