समता घरेलु लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपीएस र लाभांश क्षमता कति ?
काठमाण्डौ । समता घरेलु लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म संस्थाले ८ करोड २३ लाख रुपैैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २१४.७८ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले २ करोड ६१ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

