सानिमा जिआईसी इन्स्योरेन्सको सीईओमा उपाध्याय पुनः चार वर्षका लागि नियुक्त
काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुद्युम्न प्रसाद उपाध्याय पुनः चार वर्षका लागि सोही पदमा नियुक्त भएका छन्।कम्पनीको सञ्चालक समितिको भदौ २४ गते बसेको १९२औँ बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।

