देशभर २६३ प्रहरी चौकी जीर्ण, पुनर्निर्माणका लागि बजेट अभाव
काठमाण्डौ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी अत्यन्तै जीर्ण अवस्थामा पुगेको तथ्य सार्वजनिक गर्दै प्रहरी पूर्वाधार संकटमा रहेको गम्भीर चित्र प्रस्तुत गरेका छन्। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले तत्काल पुनर्निर्माणका लागि पर्याप्त बजेट व्यवस्था नभएसम्म समस्या समाधान कठिन हुने...

