हाइड्रो र बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, वाणिज्य बैंकहरुको चार्म भने हराउँदै
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १० महिनामा ५ खर्ब भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा रहेका १३ समूहका विभिन्न कम्पनीहरुको वैशाख मसान्तसम्म ५ खर्ब १२ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । गत वर्षको तुलनामा सेयर कारोबार रकम ५४.६१ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिसम्म सूचीकृत कम्पनीहरुको ३ खर्ब ३१ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार...