बिहीबार, असार ११,२०८३ 04:09:04
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:09:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिद्धार्थ बैंकद्वारा कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

Laxmi Sunrise Bank Limited
सिद्धार्थ बैंकद्वारा कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुर जिल्ला देवचुली नगरपालिकामा स्थित कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरेको छ । उक्त सामाग्री बैंकको दलदले शाखाका शाखा प्रबन्धक श्री त्रिविक्रम लामिछानेले विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि सामाजिक अन्तरक्रियामा प्रोत्साहित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त सामाग्री रोटरी क्लबको समन्वयमा प्रदान गरेको हो । 

New Office
CG Motors
Garima Development Bank

बालबालिकाहरु राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरुको समग्र विकासमा निर्भर हुने मान्यताको साथ बैंकले यस कार्यमा सहभागिता जनाएको हो । यस मान्यतासँगै, बैंकले काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बाल अस्पताल निर्माणलाई सहयोग, विपन्न बालबालिकाहरुका लागि छात्रवृत्ति जस्ता कार्यहरुमा योगदान प्रदान गरिसकेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुऱ्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.