बुधबार, असार १८,२०८२ 12:40:24
  • बुधबार, असार १८,२०८२ 12:40:24
Global IME Bank Limited

सिद्धार्थ बैंकद्वारा कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

Hyundai Nepal
सिद्धार्थ बैंकद्वारा कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण
Nabil Bank Limited

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुर जिल्ला देवचुली नगरपालिकामा स्थित कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरेको छ । उक्त सामाग्री बैंकको दलदले शाखाका शाखा प्रबन्धक श्री त्रिविक्रम लामिछानेले विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि सामाजिक अन्तरक्रियामा प्रोत्साहित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त सामाग्री रोटरी क्लबको समन्वयमा प्रदान गरेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

बालबालिकाहरु राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरुको समग्र विकासमा निर्भर हुने मान्यताको साथ बैंकले यस कार्यमा सहभागिता जनाएको हो । यस मान्यतासँगै, बैंकले काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बाल अस्पताल निर्माणलाई सहयोग, विपन्न बालबालिकाहरुका लागि छात्रवृत्ति जस्ता कार्यहरुमा योगदान प्रदान गरिसकेको छ ।

बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुऱ्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.