बीमा दाबीमा हुने ढिलाइ हटाउन डिजिटल ट्र्याकिङ प्रणाली
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा दाबी प्रक्रियालाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्ने भएको छ ।प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई बीमितले गरेको दाबीको अवस्थाबारे जानकारी पाउने गरी यस्तो प्रणाली तीन महिनाभित्र अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो ।

