मंगलवार, असार १६,२०८३ 11:11:28
Bizshala
  • मंगलवार, असार १६,२०८३ 11:11:28
बजेट सहमति नजुट्दा लुम्बिनीमा राजनीतिक अनिश्चितता, मुख्यमन्त्री आचार्य संकटमा
BUDGET

बजेट सहमति नजुट्दा लुम्बिनीमा राजनीतिक अनिश्चितता, मुख्यमन्त्री आचार्य संकटमा

काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसकै सांसदहरू असन्तुष्ट बनेपछि मुख्यमन्त्री चेतनारायण आचार्य दबाबमा परेका छन्।  मन्त्री केन्द्रित र असमान रूपमा बजेट विनियोजन भएको आरोप लगाउँदै सांसदहरूले बजेट पुनर्लेखनको माग गरेका छन्।

कोशी बजेट विवाद चर्कियो, संशोधन नभएसम्म पारित नगर्ने अडान, सत्तारुढ सांसदकै हस्ताक्षर अभियानले सरकार संकटमा
BUDGET

कोशी बजेट विवाद चर्कियो, संशोधन नभएसम्म पारित नगर्ने अडान, सत्तारुढ सांसदकै हस्ताक्षर अभियानले सरकार संकटमा

काठमाण्डौ । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सत्तापक्षकै सांसदहरूको विरोधका कारण विवादमा परेको छ।  बजेट मन्त्रीकेन्द्रित र असन्तुलित रहेको भन्दै एमाले र कांग्रेसका सांसदहरूले संशोधनको मागसहित हस्ताक्षर अभियान चलाएका छन्।

कोशी प्रदेशमा बजेट विवाद तीव्र, सत्तापक्षकै सांसदबाटै पास रोक्ने चेतावनी
BUDGET

कोशी प्रदेशमा बजेट विवाद तीव्र, सत्तापक्षकै सांसदबाटै पास रोक्ने चेतावनी

काठमाण्डौ । कोशी प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्तापक्षकै सांसदहरू असन्तुष्ट बनेपछि प्रदेश सरकार गम्भीर दबाबमा परेको छ।  नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार भएपनि बजेटमाथिको विवादले संसद् नै अनिश्चित बनेको छ।

सडक, पुल र शहरी विकासलाई प्राथमिकतामा राख्दै वाग्मतीको बजेट
BUDGET

सडक, पुल र शहरी विकासलाई प्राथमिकतामा राख्दै वाग्मतीको बजेट

काठमाण्डौ । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक, पुल, शहरी विकास, वातावरण संरक्षण र सामाजिक सुरक्षाका कार्यक्रमका लागि करिब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।प्रदेश सरकारले प्रादेशिक सडक यातायात गुरुयोजनाअन्तर्गत ७ अर्ब १० करोड रुपैयाँ खर्च गर्ने योजना बनाएको छ। 

बजेट कार्यान्वयनमा स्थानीय तहको सक्रियता: लुम्बिनीमा ९७ प्रतिशत सफलता
BUDGET

बजेट कार्यान्वयनमा स्थानीय तहको सक्रियता: लुम्बिनीमा ९७ प्रतिशत सफलता

काठमाण्डौ । कपिलवस्तुका मायादेवी र शुद्धोधन तथा रुपन्देहीको कोटहीमाई गाउँपालिकाले संविधानमा तोकिएको मियमा बजेट ल्याउन सकेनन् ।  लुम्बिनी प्रदेशका ७३ रहेको लुम्बिनीमा बाँकी सबै गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि नीति, कार्यक्रम तथा बजेट निर्धारित समयमै गाउँसभामा प्रस्तुत गरेका छन्। 

धनुषाका तीन स्थानीय तहमा बजेट प्रक्रिया रोकियो, नगरसभा समयमै हुन सकेन
BUDGET

धनुषाका तीन स्थानीय तहमा बजेट प्रक्रिया रोकियो, नगरसभा समयमै हुन सकेन

काठमाण्डौ । धनुषा जिल्लाका तीन स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक नीति, कार्यक्रम तथा बजेट समयमै सार्वजनिक गर्न नसकेपछि नगरसभा प्रक्रिया प्रभावित बनेको छ।  जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका र विदेह नगरपालिकाले कानूनले तोकेको असार १० को समयसीमा भित्र नगरसभा सम्पन्न गर्न नसकेपछि बजेट प्रक्रिया अघि बढ्न सकेको छैन।

प्यूठानका नौवटै स्थानीय तहले ल्याए बजेट, कृषि, रोजगारी र पूर्वाधार विकासमा प्राथमिकता
BUDGET

प्यूठानका नौवटै स्थानीय तहले ल्याए बजेट, कृषि, रोजगारी र पूर्वाधार विकासमा प्राथमिकता

काठमाण्डौ । प्यूठान जिल्लाका सबै नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्।  जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाले आ–आफ्ना गाउँ तथा नगरसभामार्फत बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, पूर्वाधार विस्तार तथा रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेका छन्।

राजस्व दबाबकाबीच विराटनगरको बजेट सार्वजनिक, डिजिटल सेवा र विकास आयोजनामा केन्द्रित
BUDGET

राजस्व दबाबकाबीच विराटनगरको बजेट सार्वजनिक, डिजिटल सेवा र विकास आयोजनामा केन्द्रित

काठमाण्डौ । आर्थिक गतिविधिमा आएको सुस्तता र राजस्व सङ्कलनमा देखिएको चुनौतीका बीच विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपियाँको बजेट ल्याएको छ।  सीमित स्रोतसाधनका बाबजुद महानगरले डिजिटल प्रविधि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको हो।

ललितपुर महानगरको ७.४८ अर्ब बजेट पारित, ५६ प्रतिशत विकासमा केन्द्रित
BUDGET

ललितपुर महानगरको ७.४८ अर्ब बजेट पारित, ५६ प्रतिशत विकासमा केन्द्रित

काठमाण्डौ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।  बुधबार सम्पन्न महानगरको नवौँ नगरसभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आगामी वर्षका नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी हुन्। 

वीरगञ्ज महानगरले ४.४२ अर्बको बजेट सार्वजनिक, शहरी विकास र सेवा सुधारमा जोड
BUDGET

वीरगञ्ज महानगरले ४.४२ अर्बको बजेट सार्वजनिक, शहरी विकास र सेवा सुधारमा जोड

काठमाण्डौ ।  मधेश प्रदेशको प्रमुख व्यापारिक केन्द्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ४ अर्ब ४२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।  २०औँ नगरसभामा शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, पर्यटन, उद्योग तथा आधुनिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै समग्र शहरी रूपान्तरण लक्ष्यसहित बजेट प्रस्तुत गरिएको हो।

नेपालगन्ज उपमहानगरले १ अर्ब ७६ करोडको बजेट प्रस्तुत गर्‍यो, धार्मिक पर्यटनदेखि पूर्वाधार विकाससम्म प्राथमिकता
BUDGET

नेपालगन्ज उपमहानगरले १ अर्ब ७६ करोडको बजेट प्रस्तुत गर्‍यो, धार्मिक पर्यटनदेखि पूर्वाधार विकाससम्म प्राथमिकता

काठमाण्डौ । नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।नगरसभाको १९औँ अधिवेशनमा नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रमसहित उक्त बजेट सार्वजनिक गरेका हुन् । 

असार १० को समयसीमा भित्रै हुम्लाका अधिकांश गाउँपालिकाले ल्याउँदै नयाँ बजेट
BUDGET

असार १० को समयसीमा भित्रै हुम्लाका अधिकांश गाउँपालिकाले ल्याउँदै नयाँ बजेट

काठमाण्डौ । हुम्ला जिल्लाका अधिकांश स्थानीय तहहरूले आज गाउँसभा आयोजना गरी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने भएका छन्।  स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सभामा पेश गरिसक्नुपर्ने कानूनी व्यवस्थाका कारण गाउँपालिकाहरू अन्तिम तयारीमा जुटेका छन्।

बेनी नगरको आन्तरिक आम्दानी झन्डै चार करोड, लक्ष्य नजिक पुगेको दाबी
BUDGET

बेनी नगरको आन्तरिक आम्दानी झन्डै चार करोड, लक्ष्य नजिक पुगेको दाबी

काठमाण्डौ । म्याग्दीको बेनी नगरपालिकाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म झन्डै चार करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ।  नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म तीन करोड ९६ लाख ६ हजार रुपैयाँ आन्तरिक आम्दानी जुटिसकेको छ।

कृषि, पर्यटन र पूर्वाधार विकासमा केन्द्रित तानसेनको नयाँ नीति तथा कार्यक्रम
BUDGET

कृषि, पर्यटन र पूर्वाधार विकासमा केन्द्रित तानसेनको नयाँ नीति तथा कार्यक्रम

काठमाण्डौ । पाल्पाको तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, सम्पदा संरक्षण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।  १९औँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमले स्थानीय अर्थतन्त्र सुदृढ गर्दै तानसेनलाई समृद्ध, व्यवस्थित र आकर्षक नगरका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

मकवानपुरका अधिकांश स्थानीय तहले आज ल्याउँदै नयाँ बजेट, कृषि र पूर्वाधारमा विशेष जोड
BUDGET

मकवानपुरका अधिकांश स्थानीय तहले आज ल्याउँदै नयाँ बजेट, कृषि र पूर्वाधारमा विशेष जोड

काठमाण्डौ । मकवानपुरका अधिकांश स्थानीय तहहरूले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रमसहित बजेट आज सार्वजनिक गर्ने भएका छन्।जिल्लाका १० स्थानीय तहमध्ये केहीले नीति तथा कार्यक्रम र बजेट यसअघि नै प्रस्तुत तथा पारित गरिसकेका छन् भने बाँकीले आजको सभा मार्फत आगामी वर्षको योजना सार्वजनिक गर्ने तयारी गरेका छन्।

ताप्लेजुङको मैवा खोला गाउँपालिकाको ४३ करोड ६१ लाख बजेट सार्वजनिक
BUDGET

ताप्लेजुङको मैवा खोला गाउँपालिकाको ४३ करोड ६१ लाख बजेट सार्वजनिक

काठमाण्डौ । ताप्लेजुङको मैवा खोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४३ करोड ६१ लाख ३४ हजार ८० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।  गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको अनुमतिमा उपाध्यक्ष कमलकुमारी लिम्बूले गाउँसभाको १९औँ बजेट अधिवेशनमार्फत उक्त बजेट प्रस्तुत गरेकी हुन्।

लहान नगरको १ अर्ब ३८ करोडको बजेट, विकासमुखी तर कार्यान्वयन चुनौतीपूर्ण
BUDGET

लहान नगरको १ अर्ब ३८ करोडको बजेट, विकासमुखी तर कार्यान्वयन चुनौतीपूर्ण

काठमाण्डौ । सिरहाको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको १ अर्ब ३८ करोड ७५ लाख १० हजार ५७६ रुपैयाँ ३७ पैसाको बजेटलाई लिएर विभिन्न क्षेत्रबाट मिश्रित प्रतिक्रिया आएका छन्।  नगरसभामा प्रस्तुत बजेटले स्थानीय विकास, सेवा प्रवाह र पूर्वाधार विस्तारलाई केन्द्रमा राखे पनि कार्यान्वयन पक्षबारे प्रश्न उठेका छन्।

मेरिङदेन गाउँपालिकाको ४७ करोड ४२ लाखको बजेट सार्वजनिक,आगामी वर्ष पूर्वाधार र सडक विकासलाई प्राथमिकता
BUDGET

मेरिङदेन गाउँपालिकाको ४७ करोड ४२ लाखको बजेट सार्वजनिक,आगामी वर्ष पूर्वाधार र सडक विकासलाई प्राथमिकता

काठमाण्डौ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४७ करोड ४२ लाख २४ हजार ८८३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।  गाउँपालिका अध्यक्ष युक हाङ वीर हाङ्गाम (डम्बर) को अनुमतिमा उपाध्यक्ष दुर्गा चोङबाङले गाउँसभाको १९औँ बजेट अधिवेशनमार्फत उक्त बजेट प्रस्तुत गरेकी हुन्।

ढोरपाटन नगरपालिकाको ६२ करोड ७० लाख रुपैयाँ बजेट सार्वजनिक, चालू खर्चमा बढी विनियोजन, पूँजीगततर्फ १८ करोड छुट्याइयो
BUDGET

ढोरपाटन नगरपालिकाको ६२ करोड ७० लाख रुपैयाँ बजेट सार्वजनिक, चालू खर्चमा बढी विनियोजन, पूँजीगततर्फ १८ करोड छुट्याइयो

काठमाण्डौ । ढोरपाटन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६२ करोड ७० लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।नगर उप–प्रमुख धनबहादुर कायतले मंगलबार बसेको नगरसभामा नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।

ठूली भेरीको बजेटमा कृषि, पर्यटन र स्मार्ट सिटी योजनालाई प्राथमिकता
BUDGET

ठूली भेरीको बजेटमा कृषि, पर्यटन र स्मार्ट सिटी योजनालाई प्राथमिकता

काठमाण्डौ । डोल्पाको ठूली भेरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड १३ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै विकास र आर्थिक सशक्तीकरणका कार्यक्रमलाई केन्द्रमा राखेको छ।  जिल्लामै पहिलो स्थानीय तहका रूपमा बजेट ल्याएको नगरपालिकाले रोजगारी वृद्धि, पूर्वाधार विस्तार र नागरिकको जीवनस्तर सुधारलाई लक्ष्य बनाएको जनाएको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.