दशैंको किनमेलमा ठगको जालो: एउटा गलत क्लिकले रित्तिन सक्छ खाता
काठमाडौं । दशैंको किनमेलको हतार छ। पसलमा राखिएको क्यूआर स्क्यान गर्यो, रकम हाल्यो अनि भुक्तानी गर्यो। तर, पैसा पठाउनुअघि मोबाइलमा देखिएको नाम पसलकै हो कि होइन भनेर हेर्न छुटाउनुभएको त छैन? यही सानो असावधानीले तपाईंको रकम गलत खातामा पुग्न सक्छ।किनमेलको भुक्तानीदेखि टाढा रहेका आफन्तलाई दक्षिणा पठाउनसम्म डिजिटल माध्यम सहज बनेको छ। यही सहजताबीच नक्कली क्यूआर, बैंकको नाममा...

