आन्दोलन होइन, संवाद र सहमतिको बाटो रोज्न गृह मन्त्रालयको आग्रह
काठमाण्डौ । गृह मन्त्रालयले देशमा स्थायित्व र निर्वाचनमुखी वातावरण सुदृढ बनाउन सरकार सक्रिय रहेको बताउँदै सबैपक्षलाई संयम र सहमतिको बाटो रोज्न आह्वान गरेको छ।मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ-“सरकार सबै नागरिकका जायज माग, चासो र सरोकार सुन्न तयार छ। कुनै पनि असन्तुष्टि वा समस्या समाधानका लागि वार्ताको बाटो नै उपयुक्त माध्यम हो।”

