काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः११ बजे डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर दुर्घटनामा परेका हुन्। मृतक विदेशी नागरिकको पहिचान खुल्न बाँकी रहेको छ।
घाइते यात्रुलाई प्रभु एयरको हेलिकप्टरबाट उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला पुर्याइएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका अन्य यात्रु तथा चालक दलका सदस्यको अवस्थाबारे विवरण आउन बाँकी छ।
दुर्घटनाको कारण खुलेको छैन भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।