काठमाण्डौ । बिहिबार सेयरबजारमा ५ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, नेपाल स्टक हाउस, ओपल सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, सनि सेक्युरिटिज, एबीसी सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
सर्वाधिक कारोबार गर्ने ब्रोकरमा भने नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट ८५ करोड ७६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४८.४० प्रतिशत सेयर खरिद भएको छ भने ५१.६० प्रतिशत सेयर बिक्री भएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।