राष्ट्रिय सभाको ठूलो दल बन्यो कांग्रेस, एमाले तेश्रोमा सीमित
काठमाण्डौ । आइतबार सम्पन्न १८ पदको निर्वाचनपछि राष्ट्रिय सभाको शक्ति सन्तुलनमा ठूलो फेरबदल आएको छ । निर्वाचन परिणामसँगै नेपाली कांग्रेस राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ भने नेपाली कम्युनिस्ट पार्टी दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा सीमित भएका छन् ।

