भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्लेको व्यस्त कार्यतालिका, जयशङ्करसँग साँझ भेटवार्ता
काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शुक्रबार महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय भेटवार्तामा सहभागी हुँदैछन्।भ्रमणको दोस्रो दिन उनले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साँझ ५ बजे तय भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय आर्थिक सहकार्य तथा आपसी हितका विभिन्न विषयमा छलफल हुने बताइएको छ।

