शुक्रबार, आश्विन २३,२०८३ 05:17:12
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 05:17:12
Bizshala
Global IME Bank Limited

दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

Bizshala
दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत
New Office

काठमाण्डौ । लगानी बोर्डले दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको हो।

बैठकले नार खोला परियोजनाका लागि १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र सानी भेरी–३ परियोजनाका लागि १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लागत स्वीकृत गर्ने निर्णय गरेको छ। यसअनुसार दुवै आयोजनाको कुल स्वीकृत लागत २१ अर्ब १७ करोड ३८ लाख ५९ हजार रुपैयाँ पुगेको छ।

बैठकले ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाबाट सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्यअनुसार आवश्यक सहजीकरण गर्ने निर्णयसमेत गरेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, ९०० मेगावाट क्षमताकै माथिल्लो कर्णाली जलविद्युत् परियोजनालाई परियोजना विकास सम्झौताका प्रावधानअनुसार तत्काल निर्माणमा लैजान आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ।

बोर्डले स्वीकृत परियोजनाको कार्यान्वयन तथा लगानीकर्तालाई उपलब्ध गराइने सेवामा सहजीकरण गर्न र कार्यसम्पादन प्रभावकारी बनाउन लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ।

बैठकले बोर्डबाट आह्वान नगरिएका प्रस्तावहरू आवश्यकताअनुसार ‘स्वीस च्यालेन्ज’ विधिबाट प्रतिस्पर्धा गराई अघि बढाउन आवश्यक कानुनी व्यवस्था मिलाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ।

त्यसैगरी कृत्रिम बुद्धिमत्ता लगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्ताव प्राप्त भएमा नेपालको नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना तथा आर्थिक विकासमा पुर्‍याउन सक्ने योगदानलाई आधार मानेर त्यस्ता परियोजनालाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.