नाडा महासंघ बनाउने निर्णयमाथि प्रश्न, उच्च अदालतले प्रक्रिया रोक्यो
काठमाण्डौ । नेपालका अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा चलेको आन्तरिक विवादलाई लिएर उच्च अदालत पाटनले महत्त्वपूर्ण निर्णय सुनाएको छ। अदालतले पुस २५ गते तय भएको थप कार्यक्रमहरू तत्काल अघि नबढाउन र हालको अवस्थालाई कायम राख्न निर्देशन दिएको छ।

