बिहीबार, मंसिर १०,२०८३ 04:05:18
  • बिहीबार, मंसिर १०,२०८३ 04:05:18
Global IME Bank Limited

नयाँ रङमा यामाहा एक्सएसआर १५५, नेपाल–जापान फेस्टिभलमा सार्वजनिक

Bizshala
नयाँ रङमा यामाहा एक्सएसआर १५५, नेपाल–जापान फेस्टिभलमा सार्वजनिक
New Office

काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्सले एक्सएसआर १५५ को नयाँ ‘ग्रेइश ग्रीन मेटालिक’ रङ सार्वजनिक गरेको छ। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा नयाँ रङ सार्वजनिक गरिएको हो।

कम्पनीका अनुसार नयाँ रङको एक्सएसआर १५५ को मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ। यो मूल्य हाल उपलब्ध ब्ल्याक भेरियन्टकै बराबर हो। नयाँ विकल्प थपिएसँगै एक्सएसआर १५५ अब ग्रेइश ग्रीन मेटालिक, ब्ल्याक, ब्लु, रेड र ग्रे गरी पाँच रङमा उपलब्ध भएको छ।

रेट्रो शैलीको डिजाइन रहेको एक्सएसआर १५५ मा आधुनिक प्रविधि र विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ। यसमा भेरिएबल भल्भ एक्टुएसन अर्थात् भीभीए प्रविधिको इन्जिन, डेल्टाबक्स फ्रेम, ६ स्पिड ट्रान्समिसन र ट्र्याक्सन कन्ट्रोल सिस्टम छन्।

CG Motors
Garima Development Bank
IME remit

सार्वजनिक कार्यक्रममा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल र जापानबीचको सात दशक लामो मित्रता तथा सहकार्यको चर्चा गरे। उनले नेपालको प्रविधि र पूर्वाधार विकासमा जापानले पुर्‍याएको योगदान स्मरण गर्दै यामाहालाई जापानी इन्जिनियरिङ र नवीन प्रविधिको प्रतिनिधिका रूपमा प्रस्तुत गरे।

अग्रवालले जापानी प्रविधि र गुणस्तर नेपाली ग्राहकसम्म पुर्‍याउने समूहको प्रतिबद्धता दोहोर्‍याए। दुई देशको ऐतिहासिक सम्बन्ध मनाउने अवसरमा एक्सएसआर १५५ को नयाँ रङ सार्वजनिक गर्न पाएकोमा उनले गर्व व्यक्त गरे। उनले सन् १९५५ मा स्थापना भएको यामाहा मोटरको ७१ वर्षको यात्रासमेत स्मरण गरे।

महोत्सवमा परम्परागत कोटो सङ्गीत, ताइको ड्रम प्रस्तुति, जापानी सुलेखन, कस्प्लेलगायत सांस्कृतिक गतिविधि आयोजना गरिएको थियो।

एमएडब्लू राइड्सका अनुसार देशभर १०५ यामाहा आउटलेटको सञ्जाल छ। कम्पनीले बिक्री, सेवा र स्पेयर पार्ट्स समेट्ने ‘थ्रीएस’ सुविधामार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.