बिहीबार, मंसिर १०,२०८३ 03:38:31
  • बिहीबार, मंसिर १०,२०८३ 03:38:31
Global IME Bank Limited

१० अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘पुरानै लगानीकर्ताको भरमा सेयरबजार’

Bizshala
१० अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘पुरानै लगानीकर्ताको भरमा सेयरबजार’
New Office

काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३५५ कम्पनीको १ करोड ४७ लाख १० हजार २९८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज लगानी समूहबाहेकका सबै समूह राताम्य भएका छन् । लगानी समूह ०.७२ अंकले बढ्दा सर्वाधिक घट्ने समूहमा भने व्यापार समूह १.५२ प्रतिशतले घटेको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.९३ प्रतिशत, विकास बैंक समूह ०.४८ प्रतिशत, फाइनान्स समूह ०.४१ प्रतिशत, होटल तथा पर्यटन समूह ०.६२ प्रतिशत, हाइड्रो समूह ०.०९ प्रतिशत, जीवन बीमा समूह ०.३४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१८ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.२४ प्रतिशत, जिर्नीवन बीमा समूह ०.४२ प्रतिशत र अन्य समूह ०.१३ प्रतिशतले घटेको छ ।  

लगानीकर्ता तथा सेयर विश्लेषक सरोज भट्टराईले सेयर बजारमा नयाँ लगानीकर्ता भित्र्याउन दिगो सुधार र विश्वासको वातावरण आवश्यक रहेको बताएका छन्। बजारमा अहिले पुरानै लगानीकर्ताको सक्रियता बढी रहेको र उनीहरू पनि खुलेर लगानी गर्न हिचकिचाइरहेको उनको विश्लेषण छ।

दुई दिन बढेपछि बजारमा आएको सामान्य गिरावटबारे टिप्पणी गर्दै उनले लगानीकर्ताको मनोविज्ञान बुझ्न आवश्यक रहेको बताए। सूचकको उतारचढावसँगै लगानीकर्ताले बजारबाट के अपेक्षा गरिरहेका छन् भन्ने पक्षलाई ध्यान दिनुपर्ने उनको भनाइ छ।

“लगानीकर्ताले के चाहिरहेको वा खोजिरहेको छ, त्यो बुझ्नुपर्छ,” भट्टराईले भने, 'नेप्से तीन हजारको विन्दुमा पुगेका बेला पनि अधिकांश लगानीकर्ता छोटो अवधिको कारोबारमै केन्द्रित थिए। केही सीमित क्षेत्रका सेयरमा मात्रै चहलपहल देखिएको र अधिकांश लगानीकर्ता अल्पकालीन कारोबारमा रमाएका कारण बजारको वृद्धि दिगो सकिरहेको छैन ।'

लाभांशले समेत नयाँ लगानीकर्तालाई अपेक्षित रूपमा आकर्षित गर्न नसकेको उनले बताए। बजारमा सक्रिय हुन खोज्नेहरूमा पुरानै लगानीकर्ताको बाहुल्य रहेकाले नयाँ लगानीकर्ताको प्रवेशका लागि टिकाउ बढ्दो प्रवृत्ति आवश्यक रहेको उनको धारणा छ।

नयाँ लगानीकर्ता थपिन बजारको सुधार टिक्नुपर्ने र लगानीकर्तामा आशा जगाउने सकारात्मक विषय आउनुपर्नेमा उनले जोड दिए। विद्यमान लगानीकर्ताको विश्वास बलियो बनाउन पनि यस्ता विषय आवश्यक रहेको उनको भनाइ छ।

CG Motors
Garima Development Bank
IME remit

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक कमाउने शीर्ष कम्पनीमा युनिक नेपाल लघुवित्त रहेको छ । यो कम्पनीको सेयरभाउ ४.८८ प्रतिशतले बढेर १२४६.९० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, लक्ष्मी उन्नती कोषको ४.२९ प्रतिशत, गार्डियन माइक्रो लाइफको ४ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३.९८ प्रतिशत, एनआईसी एशिया सेलेक्ट फण्ड ३० को ३.८२ प्रतिशत, आइसीएफसी फाइनान्स डिबेञ्चरको ३.४५ प्रतिशत, एपोलो हाइड्रोपावरको ३.०२ प्रतिशत, इमर्जिङ नेपालको ३.०२ प्रतिशत, साहज उर्जाको २.९९ प्रतिशत र मल्टिपर्पस फााइनान्सको २.८२ प्रतिशतले बढेको छ ।  

त्यस्तै, सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउने स्टकमा एलएस होराइजन१२ रहेको छ । यो फण्डको इकाईमूल्इ ४.७६ प्रतिशत घटेर ९.२० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, सर्वोत्तम पेन्ट्सको ३.४८ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३.४८ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३.४१ प्रतिशत, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ३.३३ प्रतिशत, श्वेत गंगा हाइड्रोपावरको ३.२५ प्रतिशत, सोपान फर्मास्युटिकल्सको ३.१४ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ३.१० प्रतिशत र कुमारी इक्विटी फण्डको २.९४ प्रतिशत घटेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.