सेयरबजारमा दोहोरो अंकको बढोत्तरी, जानकार भन्छन्, ‘फण्डामेन्टल कम्पनी सक्रिय, बुलिस ट्रेन्डको संकेत’
काठमाण्डौ । बिहिबार सेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३५० कम्पनीको २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक अन्य समूह २.४५ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ समूह २.२८ प्रतिशत, विकास बैंक समूह १.५५...

