झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘ठूला लगानीकर्ता निष्क्रिय, घट्दो भोल्युमले बजारको लय अझै मिसिङ’
काठमाण्डौ । बिहिबार सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५४ कम्पनीको १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज ८ समूहमा हरियाली छाएको छ भने ५ समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन समूह ०.७३ प्रतिशतले...

