काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा उक्लिएको छ ।
नेप्सेमा सूचीकृत ३४८ कम्पनीको १ करोड ९३ लाख ९४ हजार २५९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज व्यापार समूहबाहेक सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक हाइड्रो समूह २.०६ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकिङ समूह १.३६ प्रतिशत, विकास बैंक समूह १.११ प्रतिशत, फाइनान्स समूह १.५५ प्रतिशत, होटल तथा पर्यटन समूह १.३४ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत, जीवन बीमा समूह १.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६६ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.८७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.५१ प्रतिशत, निर्जीवन बीमा समूह ०.४४ प्रतिशत र अन्य समूह ०.८५ प्रतिशतले बढेको छ ।
साथै व्यापार समूह भने ०.४४ प्रतिशतले घटेको छ ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, “धितोपत्र बोर्डले यसअघि ल्याएका अधिकांश नीतिबारे स्पष्टता नहुँदा बजार प्रभावित भएको थियो। धेरै लगानीकर्ताले नीति नै राम्रोसँग नबुझ्दा पनि बजारले गति लिन सकेन।”
उनका अनुसार ब्रोकरहरूको भुक्तानी प्रणाली डिजिटल हुँदै गएकाले कमिसन वा हिसाबकिताबमा हेरफेर गर्ने सम्भावना घटेको छ। आगामी वित्तीय प्रतिवेदनमा बैंकहरूको नतिजा राम्रो आउने अपेक्षा रहेको उल्लेख गर्दै उनले अहिलेको योजना र नीतिगत व्यवस्था सकारात्मक रहेको बताए।
“प्लान र पोलिसी सबै राम्रो देखिएको छ, अब बजार दौडिन मात्रै बाँकी छ,” ढकालले भने, “अहिले हाइड्रोपावर क्षेत्रमा लगानीको अवसर राम्रो देखिएको छ। जलविद्युत् कम्पनीहरूको व्यवसाय पनि फस्टाउने संकेत छ।”
उनले लामो समयदेखि ‘पर्ख र हेर’को अवस्थामा बसेका लगानीकर्ताहरू पनि अहिले क्रमशः बजारप्रति सक्रिय र जागरुक हुन थालेको बताए।
सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक कमाउने कम्पनीमा बेनी हाइड्रोपावर रहेको छ । कम्पनीको सयरभाउ १५ प्रतिशतले बढेर ५३६.७० रुपैयाँ पुगेको छ ।
त्यस्तै, बुटवल पावर कम्पनीको १०.६० प्रतिशत, सुपर खुदी हाइड्रोको ६.२६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.२२ प्रतिशत, युनियन हाइड्रोको ५.८६ प्रतिशत, सान्जेन जलविद्युतको ५.८१ प्रतिशत, स्वस्तिक लघुवित्तको ५.६७ प्रतिशत, होटल फरेस्ट इनको ५.४१ प्रतिशत, माबिलुङ्ग इनर्जीको ४.९५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ४.९४ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक गुमाउने स्टकमा प्राइम बैंक डिबेञ्चर रहेको छ । यो स्टकको मूल्य २.९६ प्रतिशतले घटेर १२२२.७० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, गरिमा समृद्धि योजनाको २.७५ प्रतिशत, श्रृजनशील लघुवित्तको २.३० प्रतिशत, चिरख्वा हाइड्रोको २.१२ प्रतिशत, एनआइसी एशिया सेलेक्ट ३० को २.०५ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतको १.९१ प्रतिशत, ग्लोलब आइएमई ब्यालेन्स्ड फण्ड १ को १.९० प्रतिशत, गुराँस लघुवित्तको १.४९ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड–२ को १.४१ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको १.३६ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।