तालको किनारदेखि हिमालको काखसम्म: दशैं-तिहारको छुट्टीमा पोखराका अनेक स्वाद
–रविन ठकुरी काठमाण्डौ । बिहान हिमालमा परेको पहिलो घाम हेर्ने, दिउँसो तालमा डुङ्गा सयर गर्ने अनि साँझ लेकसाइडमा टहलिने। अर्को दिन गाउँको बाटो समात्ने वा गुफा र संग्रहालयमा नयाँ कुरा खोज्ने। पोखराको यात्रामा एउटै बिदाभित्र फरक–फरक अनुभव समेट्न सकिन्छ।दशैं–तिहारको लामो छुट्टीमा परिवार र साथीभाइसँग घुम्ने योजना बनाउँदा पोखरा सम्झनामा आउनुको कारण यही विविधता हो। यहाँ...

