शनिबार, आश्विन १०,२०८३ 07:49:46
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 07:49:46
Bizshala
Global IME Bank Limited

मनास्लु र लार्केपास पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह

Bizshala
मनास्लु र लार्केपास पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह
New Office

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ। आइतबार सूचना जारी गर्दै प्रशासनले यात्राको तयारीमा रहेका तथा पदयात्रामा रहेका सबै पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न आग्रह गरेको हो।

प्रशासनका अनुसार आइतबार बिहान करिब ३ः३० बजे चुमनुब्री गाउँपालिका–४, नामरुङस्थित थेराङ खोलामा बाढी आएको थियो। बाढीका कारण चुमनुब्री गाउँपालिका–४ र वडा नम्बर २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने बूढीगण्डकी नदीमाथिको झोलुंगे पुलसमेत बगाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

पुलहरू बगाएपछि मनास्लु तथा लार्केपास पदमार्गमा आवतजावत प्रभावित भएको भन्दै प्रशासनले पदयात्रा रोक्न आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “थेराङ खोलामा बाढी आई चुमनुब्री गाउँपालिका वडा नं। ४ र वडा नं। २ जोड्ने फलामे पुल र गापदेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीको झोलुंगे पुलसमेत बगाएकोले मनास्लु पदमार्ग अथवा लार्केपास पदमार्ग यात्राको तयारी अवस्था वा यात्रामा रहनुभएका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्नुरनगराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।”

प्रशासनले पदमार्ग क्षेत्रमा कुनै पनि विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउनसमेत आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.