आईतवार, आश्विन २५,२०८३ 10:39:56
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 10:39:56
Bizshala
Global IME Bank Limited

अगस्टमा भित्रिए ८५ हजार ४४४ विदेशी पर्यटक

Bizshala
अगस्टमा भित्रिए ८५ हजार ४४४ विदेशी पर्यटक
New Office

काठमाण्डौ। सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन्। सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए ।

नेपाल पर्यटन बोर्डले अध्यागमन विभागबाट प्राप्त तथ्यांक अनुसार अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । भारतपछि चीनबाट १० हजार ३०४ जना पर्यटक आएका छन् । चीनको आगमन गत वर्षको अगस्टको तुलनामा ७ हजार ५३३ को तुलनामा ३६.७८ प्रतिशत बढेको छ । त्यस्तै, श्रीलंकाबाट ८ हजार ७१० जना आएका छन्, जुन गत वर्षको तुलनामा ४६.२४ प्रतिशत वृद्धि हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अमेरिकी बजारबाट ६ हजार २९३ जना पर्यटक आएका छन् । बंगलादेशबाट ४ हजार ४८७ जना आएका छन् भने बेलायतबाट ३ हजार ४७६ जना पर्यटक आएका छन् ।

क्षेत्रगत रूपमा हेर्दा अगस्टमा सबैभन्दा बढी पर्यटक दक्षिण एसियाबाट ४१ हजार ४२२ जना आएका छन् । अन्य एसियाली मुलुकबाट १८ हजार २७५ जना आएका छन् । युरोपबाट १० हजार ८७५ जना पर्यटक आएका छन् भने ओसियानिया क्षेत्रबाट २ हजार ५२९ जना आएका छन्, जुन ३.८६ प्रतिशत वृद्धि हो ।

अमेरिकाबाट ७ हजार ४७३ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा २.४७ प्रतिशत बढी हो । मध्यपूर्वबाट १ हजार १० जना आएका छन् भने यो क्षेत्रमा ६.९९ प्रतिशत वृद्धि भएको छ । अफ्रिकाबाट ३३८ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ४.९७ प्रतिशत बढी हो।

अगस्ट २०२६ मा केही प्रमुख बजारबाट उल्लेख्य वृद्धि भएको छ । रुसबाट ७६९ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ५१.३८ प्रतिशत वृद्धि हो । युक्रेनबाट २१६ जना आएका छन्, जसमा ८३.०५ प्रतिशत वृद्धि भएको छ ।

त्यस्तै, कम्बोडियाबाट ६८ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा २७७.७८ प्रतिशत वृद्धि हो । भुटानबाट १ हजार २८८ जना आएका छन् भने आगमन ४९.२५ प्रतिशत बढेको छ । मलेसियाबाट १ हजार ६१८ जना र थाइल्यान्डबाट ६८१ जना पर्यटक आएका छन्। यी बजारबाट क्रमशः १३.०७ प्रतिशत र १९.८९ प्रतिशत वृद्धि भएको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.