चाँदीको मूल्यमा फेरि ऐतिहासिक उछाल, सुन पनि रेकर्ड स्तरमा
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यमा लगातार उछाल आइरहेको छ । आज पनि यो क्रमले निरन्तरता पाएको छ । अन्तराष्ट्रिय बजार खुलेलगत्तै आज चाँदीको मूल्यमा ६.३७ प्रतिशतको उछाल आएको छ । योसँगै चाँदीको मूल्य प्रति ट्रोय औंस ९२ डलरको ऐतिहासिक उचाईमा पुगेको छ ।

