आज सुन र चाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको मूल्य पनि बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले महङ्गिएको छ । यो वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ७४० रुपैयाँ पुगेको छ।

