सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य सामान्य घटेको छ । आइतबारको कारोबारमा सुनको मूल्यमा ४ सय रुपैयाँको सामान्य गिरावट आएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज एक तोला सुनको मूल्य २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

