काठमाण्डौ । आइतबार स्थानीय बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज एक तोला सुनको भाउ २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ३१५ रुपैयाँ पुगेको छ ।
सुनसँगै आज चाँदीपनि महङ्गिएको छ । चाँदी ५० रुपैयाँले उकालो लाग्दै प्रतितोला ४ हजार ६९० रुपैयाँ पुगेको छ ।

