नेपाली बजारमा सुनको भाउमा आजपनि पहिरो, एकैदिन १८ हजार बढीले घट्यो
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । गत शुक्रबार भारी मात्रामा गिरावट आएको सुनको भाउमा आजपनि उच्च गिरावट आएको छ ।आइतबारको कारोबारमा सुनको मूल्य १८ हजार ८ सय रुपैयाँले घटेको छ । यससँगै आज एक तोला सुनको मूल्य ३ लाख रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

